News

बाघसँग २ मिनेट सम्म पौंठेजोरी मुक्का हानाहान ” उनको अनुभब यस्तो





बर्दिया — ‘खेतबाट आइतबार साँझ साढे ५ बजे डोको बोकेर घर फर्कंदा बाघले एक्कासि आक्रमण गर्‍यो । रित्तो डोको भएकाले तत्काल बाघको मुखमा पसाउने प्रयास गर्दागर्दै पञ्जाले टाउको र पिठ्युँमा हिर्कायो ।’बढैयाताल गाउँपालिका २, सीतापुरका ३५ वर्षीय विजय बुढाक्षत्रीले बाघसँग प्रतिकार गरी जीवन जोगाउँदाको अनुभव सुनाए । तर, त्यही बाघकै आक्रमणमा परेर अर्का ७१ वर्षीय चन्द्रबहादुर शाहीले ज्यान गुमाए ।

उनले झन्डै २ मिनेट बाघसँग आमनेसामने भएर प्रतिकार गरे । बाघको आक्रमणबाट उनी घाइते छन् । ‘डोको नभए ज्यान जाने थियो,’ उनले भने । पहिलोपटक बाघ देखेको र आक्रमणमा पनि परेको उनले सुनाए । उनी नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारपछि घर फर्केका छन् । बाघको आक्रमणबाट दाहिने पाखुरा, टाउको र ढाडमा चोट लागेको छ । कान्तिपुर बाट