News

भट्टीमा मापसे गरिरहेका प्रहरीको फोटो खिच्न खोज्दा पत्रकार कार्कीमाथि निर्घात कुटपिट, अवस्था गम्भीर





सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राती विनावर्दीका प्रहरीले कुटपीट गरेका छन । भट्टीमा मादक पदार्थ सेवन गरिरहेका प्रहरीको फोटो खिच्ने खोजेको भन्दै प्रहरीले कुटपिट गरेको हाे । प्रहरीकाे कुटाइबाट कार्की गम्भीर घाइते हुनुभएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षिय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौती ७ का २८ वर्षिय विकास सिंह स्याङतानले कार्कीमाथि हातपात गरेका हुन ।

अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ । वेहोस अवस्थामा रहेका कार्कीको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि राती नै काठमान्डौ रिफर गरिएको सिन्धुली अस्पतालका डाक्टर सुमित्र गौतमले बताइन । स्थानीयद्वारा जिल्ला प्रहरी कार्यालय घेराउ गरिरहेका छन् । अहिले सिन्धुलीमाडी तनावग्रस्त बनेकाे छ । सिधा अनलाइन खबर बाट