Lifestyle

माओवादी युद्धको अवधिमा नेपाली सेनाबाट भागेर‘जनमुक्ति सेना’मा प्रवेश गरेकासैनिक जवानलाई १३ वर्षपछि

काठमाडौं : माओवादी युद्धको अवधिमा नेपाली सेनाबाट भागेर तत्कालिन ‘जनमुक्ति सेना’मा प्रवेश गरेका एक सैनिक जवानलाई १३ वर्षपछि जेल सजाय सुनाइएको छ । गोरखा आरुघाट–९ स्थायी घर भएका शक्ति गुरुङ (विक्रम)लाई सैनिक समरी जनरल अदालतले १० वर्ष जेल सजाय तोकेको हो ।सैनिक अदालतको फैसला अनुसार गुरुङ अब भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुनेछन् । अभियुक्त गुरुङ २०६३ साउन ३० गते हतियारसहित भागेर तत्कालिन माओवादीमा प्रवेश गरेका थिए ।सहायकरथी एवम् सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार गुरुङलाई भविष्यमासमेत सरकारी सेवामा अयोग्य हुनेगरी सैनिक अदालतले कोट मार्सलको फैसला सुनाएको हो। गुरुङ २०६३ साउन ३० गते हतियारसहित भागेका थिए। सोही कसूरमा उनीमाथि कारबाही भएको हो। उनीविरुद्ध हातहतियार, गोलीगठ्ठासहित भगौडा सम्बन्धी कसूरमा मुद्दा चलाइएको थियो। सेनाले विशेष अनुसन्धानपछि गेरुङलाई दोषी ठहर गरेको थियो। उनको मुद्दा अनुसन्धानका लागि सहायकरथीको अध्यक्षतामा सैनिक अदालत गठन भएको थियो। उनले पुनरावेदन दिन सक्ने प्रावधान छ ।बैतडी : यही साउन १४ गतेबाट हराएका बैैतडीका एक किशोरकाे शव फेला परेकाे छदशरथचन्द नगरपालिका–६ नगतडी घर भएका १८ वर्षीय दीपक महरको शव भेटिएको हो । सोही ठाउँको कन्सनीगाड खोलामा शुक्रबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले

जानकारी दिए । सैनिक जवानलाई सेनाले १३ वर्षपछि कारवाही गरेको छ । जसअनुसार उनलाई १० वर्षको जेल सजाय तोकिएको छसाउन १४ गते साँझ सदरमुकाम गोठलापानीबाट घर फर्केका किशोर बेपत्ता भएका थिए । महरको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक पातलीले बताए । महरको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।विर्तामोड । झापाको गेउरीया खोलाले बगउँदा एक बालकको मृत्यु भएको छ । झापा प्रहरीका अनुसार भारतको फूलबरिया घर भई हाल गौरीगञ्ज गाउँपालिका–६ तिनटोलीयास्थित मामा घरमा बस्दै आएका ६ वर्षीय आकाश महतोको मृत्यु भएको हो । गेउरीया खोलामा शुक्रबार दिउसो उनको शव खोलाको किनारमा भटिएको प्रहरीले जनाएको छ ।त्यस्तैगरी झापाकै मेचीनगर नगरपालिका–१३ मा पर्ने सिमसार क्षेत्रमा पनि पानीमा डुवेको अवस्थामा अर्को शव भेटिएको प्रहरीले जनाएको छ । भेटिएको शव अहिलेसम्म पहिचान हुन नसेको पनि झापा प्रहरीले जनाएको छ ।उनको शव चाराआली–भद्रपुर भित्री सडक खण्ड देखि बायाँ साइडमा पानी जमेको खाल्डोमा भेटिएको हो । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय धुलाबारीलाई खबर गरेका थिए। उनको सनाखत हुन सकेको छैन । यद्यपि शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।