News

दोलखामा भीषण पहिरो, १० घर पुरिए, सेनाको हेलिकोप्टर जाँदै





काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुको झगडेमा भीषण पहिरो गएको छ । शुक्रबार राति गएको पहिरोबाट १० घर भत्किएका छन् । केही घर पुरै पुरिएका छन् । पहिरोको कारण २ जना सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी नायब निरीक्षक ( सई) बद्री नेपालीले जानकारी दिनुभयो ।

सोही ठाउँका ५५ वर्षीय जगतबहादुर खत्री र १६ वर्षीय निशान खड्का बेपत्ता रहेको सई नेपालीले जानकारी दिनुभयो । उद्धारका लागि काठमाडौंबाट सेनाको हेलिकोप्टर जाँदै गरेको बताइएको छ ।