Lifestyle

श्रीमान् वैदेशिक रोजगारीमा अवैध सम्बन्ध राख्दा राख्दै

काठमाडौँ, १८ साउन । परस्त्रीसँग अवैध सम्बन्ध राखेको अभियोगमा अछामका एक काँग्रेस कार्यकर्ता पक्राउ परेका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–६, का काँग्रेस वडा सभापति मोहन रावल पक्राउ परेका हुन् । उनलाई शुक्रबार पक्राउ गरिएको स्रोतले जनाएको छ ।

उनले सामुदायिक सिकाई केन्द्रकी एक कर्मचारीसँग अवैध सम्बन्ध राखेको अभियोग छ । ती महिलाका श्रीमान् रोजगारीको सिलसिलामा भारतको पुनेमा रहेको बुझिएको छ ।

ती महिला रावलकी काकी नाता पर्ने बुझिएको छ ।

उनीहरु दुईजनाबीच भएको अन्तरंग कुराकानी बाहिरिएपछि यसको रहस्य खुलेको हो । उनीहरुबीच भएको अन्तरंग कुराकानीको अडियो सार्वजनकि भएसँगै रावललाई विनायक प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबीच भएको कुराकानीको ६ मिनेट २९ सेकेण्ड लामो अडियो अहिले भाइरल भएको छ ।

दैनिक नेपाललाई प्राप्त अडियोमा उनीहरुबीच केहीदिन पहिले र शारीरिक सम्बन्ध भएको र केहीदिनपछि फेरि ‘भेट्ने’ सल्लाह भएका देखिन्छ ।

फोनमा रावलले ‘आज आउँ कि के गरम भन’ भनेका छन् । जवाफलमा ती महिलाले ‘खाट बेस्सरी चु**उँछौ भनेकी छन् । यस्तै, ‘आज सन्चो पनि छैन । पहिरो जाला, बाटो अफ्ठेरो छ, चार/पाँच दिन पर्खेउ’ भन्ने जवाफ दिएकी छन् ।

साथै, दुई/तीन दिन रोपाईँमा व्यस्त हुने भएकाले त्यसपछि भेटौँला भन्ने महिलाको प्रस्ताव गर्छिन् ।

यस्तै, ती महिलाले ‘घर (पत्नी)लाई फोन गर्यौ कि नाइँ कि छोड्देउ ?’ भन्दै जिज्ञासा समेत राखेकी छन् ।

उनीहरुबीच ती महिलाले भारतबाट पतिले पैसा पठाएको विषयमा पनि कुराकानी भएको छ ।

४०/५० बजार पैसा पठाएको र निकाल्न जान नपाएको तथा उताबाट मेसेन्जरमा नम्बर पठाइदिएको ती महिलाले उल्लेख गरेकी छन् ।

कसरी बाहिरियो अडियो ?

स्रोतका अनुसार ती महिलाको मोबाइलमा अटो रेकर्ड सिस्मट थियो । जसका कारण उनीहरुबी भएको कुराकानी रेकर्ड भयो ।

चार्जमा लगाएको मोबाइल ती महिलाका देवरले खोलेर हेर्दा अन्तरंग अडियो फेला पारेका थिए । त्यसपछि घटना बाहिर आएको हो ।

दैनिक नेपालसँग सुरक्षित अडियोलाई गोपनियताका कारण हुबहु यहाँ राखेका छैनाैँ ।