News

नेपाल र मलेसियासँग सोमबार खेल्ने…





एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा नेपालले आयोजक मलेसियाको सामना गर्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह ’बी’ को उपविजेता मलेसियासँग खेल्ने भएको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार समूह ’बी’ को अन्तिम लिग खेलमा हङकङसँग ३ रनले पराजित भएपछि मलेसियाले नेपालसँगको भेट पक्का गरेको हो । नेपाल र मलेसियाबीचको खेल सोमबार हुनेछ ।

नेपाल शुक्रबार सिंगापुरलाई पराजित गर्दै समूह विजेता बनेको थियो । नेपालले २ खेलबाट ४ अंक जोडेको थियो । २ अंक जोडेको सिंगापुर उपविजेता बनेको थियो ।

यस समूहबाट हङकङ विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । हङकङले सेमिफाइनलमा उपविजेता सिंगापुरसँग खेल्नेछ ।

यस समूहबाट भुटान र थाइल्याण्ड समूह चरणबाट बाहिरियो । यस्तै नेपालको समूहबाट चीनले समूह चरण पार गर्न सकेनन ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा हङकङले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको मलेसिया ४९ ओभर १ बलमा अलआउट हुँदै १६९ रनमा समेटियो ।

यसअघि हङकङले ५० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनाएको थियो ।