News

मासिक २५ हजार निर्मलाको न्यायका लागि गोली खाएका युवकलाई





लामो समय बितिसक्यो कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तर अपराधी प्रक्राउ पर्न सकिरहेको छैन । सरकारले निर्मला प्रकरणको नयाँ ढंगले अनुसन्धान गर्ने बताएको छ । यता निर्मलाको न्यायका लागि सडकमा तातो गोली खानेदेखि घाईते हुनेहरुको अवस्था पनि कम पीडादायक छैन । निर्मलाको न्यायका लागि प्रहरीको तातो गोली खाएका युवक हुन अर्जुन भण्डारी ।

निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागि घाईते भएका अर्जुनको अवस्था अहिले कम पीडादायक छैन । उनी नहिड्न सक्छन् न राम्रोसंग बोल्न ।अस्पतालमा लामो उपचार गराएपछि केही सुुधार भए पनि अर्जुन यतिबेला अपांगको जीवन बिताईरहेका छन् । उनले गोलीकै कारण होस गुमाएका छन् भने एउटा खुट्टा पनि गुमाउँनु परेको छ ।

यसबीच सरकारले अर्जुन भण्डारीका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । सरकारले अर्जुनलाई मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँने घोषणा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई सो आर्थिक साहयता उपलब्ध गराउँने निर्णय गरेको हो । अर्जुनको यतिबेला पनि त्रिवि शिक्षण अस्पतालमा उपचार चलिरहेको छ ।