Lifestyle

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट लिला बहादुर पक्राउ

काठमाडाैं । बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा सुन लिन आउने थप दुुई जनासमेत पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आउँदै गरेका मोरङ्गका लिलाबहादुर बस्नेतलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएअनुसार सामान लिन आउने रूपेश गिरी र टेकबहादुर थापालाई समेत पक्राउ गरिएको छ ।बताइएअनुसार कसैले पार्सल भनेर पठाएको पोको आफूले ल्याइदिएको बयान बस्नेतले दिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीले उनीसँग ४०० ग्राम सुनसमेत बरामद गरेको छ ।बस्नेत तीन वर्ष कतारमा वैदेशिक रोजगारीमा बसेर घर फर्कंदै गरेका थिए । सुुन रिङ बनाएर डाइपरमा हालेको अवस्थामा भेटिएको थियो ।काठमाडौं । छुट्टाछुट्टै स्थानमा ३ जनाको शव फेला परेको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका–३ थानकोट सुनौलोबस्ती डेरा गरी बस्ने धादिङ धुनीबेसी नगरपालिका–९ घर भएका २४ वर्षीया उर्मिला तामाङ आफ्नै कोठामा आइतबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । रामेछाप, लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँ बरडाँडा बस्ने ‍६५ वर्षीया सुन्तली सार्की सोही ठाउँस्थित भिरबाट खसेर मृत्यु भएको अवस्थामा आइतबार बिहान फेला परेकी छन् । झापा, दमक नगरपालिका–२ हुम्सेदुम्से सामुदायिक वनको जंगलमा इलाम चुलाचुली गाउँपालिका–५ बस्ने ५० वर्षीय अर्जुन राई आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं । हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्को युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने । किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत

सिरिञ्ज आक्रमणका रुपमा दुुस्प्रचार हुँदा आम जनमासमा एक किसिमको त्रास फैलियो । यद्यपि घटना अन्य आपराधिक घटनाभन्दा पृथक खालको थियो ।
रोग सङ्क्रमण हुने डरले पीडितहरु उपचारका लागि शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुुगे । रामेछाप घर भई हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की पक्राउ परेपछि भने घटनामा सिरिञ्जको प्रयोग होइन काँटी प्रयोग भएको खुुलेपछि त्रास केही हदमा हराउँदै गएको छ तर अहिले पनि कुनै सामान्य पिड्को देखियो वा हिँड्दा कसैसँग ठोक्कियो या कोतरियो भने पनि घोचेर भाग्यो भनेर प्रहरीमा आउने क्रम कायमै रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी अनुभव सुनाउँछन् । मिडियाबाट गलत प्रचार भइदिँदा सामाजिक त्रास उत्पन्न भएको उनको भनाइ छ । उनीविरुद्ध मुलुकी अपराध ९संहिता० ऐन २०७४, परिच्छेद ५ को दफा १०४ मा सामाजिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा, नैतिकता विरुद्धको कसुरअन्तर्गत मुद्दा चलाइएको छ । छ महिलाको लिखित उजुरीमा मुद्दा चलिरहेको छ ।अर्को अनौठो घटना असारको दोस्रो साता काठमाडौँको बनस्थलीको एक गल्लीमा भयो । क्याम्पस पढ्न जाने–आउने क्रममा गल्लीमा बसेर बारा कलैयाका ३९ वर्षीय जादुलाल कुर्मीले छात्रालाई गुप्ताङ्ग देखाएर अश्लील हर्कत गरे । पीडितहरुको उजुरीका आधारमा पक्राउ परेका उनले प्रहरीसँगको बयानका क्रममा आफूलाई रमाइलो लाग्ने गरेकाले गुप्ताङ्ग देखाउने गरेको बताएका बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले बताए । उनीमाथि मुलुकी अपराध ९संहिता० ऐन २०७४ को परिच्छेद ५ को दफा १२२ अनुसार सार्वजनिक स्थानमा गुप्ताङ्ग देखाएको कसुरमा मुद्दा चलाइएको छ ।