Lifestyle

उडिरहेकाे बिमान भित्रै नेपालका मन्त्री बेहाेस …हेर्नुहोस्

काठमाडौं/ बुद्ध एयरको एटीआर विमान नेपालगञ्जबाट काठमाडौँतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो ।

जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए । जहाजको मध्यभागमा एक यात्रु एक्कासी बेहोस भएपछि खैलाबैला भयो ।

१३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए, सुर्खेतका ६० वर्षीय तप्तबहादुर विष्ट जो पूर्व राज्यमन्त्री हुन् । छेउछाउका मान्छे चिच्याएपछि एयरहोस्टेस कृति त्यहाँ पुगिन् । मुखबाट बान्ता निस्किएको अवस्थामा विष्ट सिटमै बेहोस थिए । कान्तिपुर दैनिकबाट
यो पनि…संसदीय समितिमै रोए योेगेश भट्टराई, माधव नेपाल भावुक बने..हेर्नुहोस् भिडियो । ।
काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आफूलाई बधाइ तथा शुभकामना दिने संसदीय समितिको कार्यक्रममा भक्कानिएका छन् ।

आफ्नो राजनीतिक जीवनसँग जोडिएका विगतका घटनाको स्मरण गर्दै मन्त्री भट्टराई संसदीय समितिमा भक्कानिएका हुन् ।

मन्त्री भट्टराईले विगतका घटना स्मरण गर्दा समितिको बैठकमा सहभागी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल पनि भावुक बने ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिको आइतबारको बैठकमा नवनियुक्त मन्त्री भट्टराईलाई बधाइ तथा शुभकामना दिने कार्यक्रम पनि थियो ।

समितिका सदस्यहरुले बधाइ तथा शुभकामना दिएपछि मन्त्री भट्टराईले आफ्नो मन्तव्य शुरु गरे । मन्तव्यकै क्रममा उनले आफ्नो बिगतलाई स्मरण गरे । विगत सम्झिने क्रममा नेता भट्टराईले नेकपाका वरिष्ठ नेता नेपालसँगको आफ्नो सम्बन्ध र आफूले गरेको संघर्षको विषय उठाए ।

उनले २०४० सालमा पञ्चायतविरोधी आन्दोलन गर्दा बिरामी परेर ६० दिन अस्पताल बस्नु परेको घटना सम्झिए । ‘२०४० सालमा पञ्चायतविरोधी आन्दोलनमा खटिएको थिएँ । रातदिन नभनी, खाइनखाई खटिएछ । त्यसैको असरले होला निकै बिरामी परेँ । शिक्षण अस्पतालमा ६० दिन बस्नुपर्‍यो । डाक्टरहरुले नै आशा मारिसकेका थिए,’ यति भन्दा मन्त्री भट्टराईको गला अवरुद्ध भयो ।

एकछिन रोकिएपछि उनले आफ्नो स्मरणमा रहेको घटनाक्रमलाई पुन सुनाउन थाले, ‘उहाँ (माधव कुमार नेपाल) भेट्न आउनु भयो । माधवकुमार नेपाल हैन, अर्को कुनै नाममा, जब उहाँले मलाई स्पर्श गर्नु’भो, मलाई जीवनप्रति आशा पलायो । सादय त्यो बाँच्ने आधार थियो ।’

भट्टराईले यति भनिनसक्दै माधव नेपाल पनि भावुक बने । नेता नेपाल आँखामा लगाएको चस्मा निकालेर आँसु पुछ्न थाले ।

नवनियुक्त मन्त्री भट्टराईले आफ्नो स्मरण सुनाउँदा आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको बैठकको माहोल भावुक बन्यो ।

मन्तव्यका क्रममा मन्त्री भट्टराईले समितिका अन्य सदस्यसँगका पनि आफ्ना स्मरणीय क्षण सुनाए ।

आफ्नो कार्यकालमा पटक–पटक समितिसँग छलफल गर्ने उल्लेख गरेका मन्त्री भट्टराईले संसदीय समितिले जारी गर्ने निर्देशन शिरोपर गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए ।

हेर्नुहोस् भिडियो । यो पनि…सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने खोज्नेलाई समाजबाट बहिष्कार गर्नुपर्छ– उपप्रधानमन्त्री पोखरेल
काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा संरक्षण गर्न सरकार दृढ रहेको बताएका छन् ।यो खबर खबरहबमा प्रकाशित छ ।

शनिवार काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक उद्यान उद्घाटन तथा वृक्षरोपण गर्दै उनले पक्ष–विपक्ष नभएर अतिक्रमण गरिएको सार्वजनिक जग्गा जोगाउनका लागि एकताबद्ध हुनुपर्ने बताए ।

“सार्वजनिक सम्पत्ति मुलुकको गहना भएकाले जोगाउन पार्टीको विचार जो जहाँ भए पनि संरक्षणमा एकताबद्ध हुनुपर्दछ”, उनले “सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने खोज्नेलाई समाजबाट बहिष्कार गर्नुपर्दछ ।”

उनले अतिक्रमण जग्गाको संरक्षण गर्नका लागि स्थानीय तहको पहिलो प्राथमिकता रहेको समेत धारणा राखे । उपप्रधानमन्त्री पोखरेलले उद्यानले वातारणीय पर्यावारण राख्न समेत सहयोग मिल्ने बताए ।

कार्यक्रममा सांसद कृष्ण राईले उद्यानले वरपर क्षेत्रका बालबालिका, वृद्धावृद्धालाई खेल्ने ठाउँ हुने बताए । प्रदेश सांसद रामेश्वर फुँयालले उपत्यकामा हरियालीसहितको उद्यान बनाएर प्रदूषण नियन्त्रण गर्न सहयोग मिल्ने बताए ।

उद्यान विकास समितिका अध्यक्ष ज्योति लामाका अनुसार करीब १५ रोपनी चार आनामा उक्त उद्यान महानगरपालिकाको रु ५० लाख सहयोगमा निर्माण गरिएको हो । यसैगरी सोही अवसरमा उपप्रधानमन्त्री पोखरेलले बिरुवासमेत रोप्नुभयो । करीब ५०० बिरुवा सोही उद्यान वरिपरि रोपिएको थियो ।यो खबर खबरहबमा प्रकाशित छ ।

यो पनि ..धेरैको भाग्य फेर्ने भाग्यका बुवा मिडियामा भन्छन: ‘दाम होईन छोरा नाम कमा’..हेर्नुहोस् भिडियो ।।
काठमाडौं । युट्युबमा अन्तर्वार्ता लिएर चर्चामा आउने सेलि ब्रेटी कमै छन् । पछिल्लो समय भाग्य न्यौपानेको भाग्य भने युट्युबले नै चम्काइदिएको छ । गाउँगाउँ पुगेर लिएका उनका अन्त र्वार्तालाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् । समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन समय दिइरहेका छन् ।

केही वर्षयता नाम र दाम दुवै कमाएका भाग्य पछिल्लो समय समाज सेवामा पनि जोडिएका छन् । जसकारण भाग्यका फ्यान दिनानुदिन बढ्दै गएका छन् । झापा पुगेर उनले अहिलेका बालगायक अशोक दर्जीको अन्ततर्वार्ता लिएका थिए । त्यसपछि अशोक दर्जी पनि एकाएक चर्चामा आए । भाग्य न्यौपानेले ल्याएका धेरै भिडियो अन्तार्वार्ता चर्चित छन् । गाउँगाउँ पुगेर अन्तर्वार्ता लिन उनलाई भ्याइनभ्याइ छ ।

मलेसिया उनी पढ्नका लागि गएका थिए । उनका अनुसार नेपालमा गरीब वर्ग अझै पनि मिडियाको पहुँचमा पुग्न सकेका छैनन् । अहिले त बरु धेरैले यो अवसर पाएका छन् । तर भाग्यले अन्तर्वार्ता ल्याउन शुरु गर्दा यस्ता विषयवस्तु मिडियाको नजरमा पुग्दैनथे । ‘भुइँचालो जाँदा होस् या अरु बेला मैले त्यस्तै समाजमा पछि परेका कथालाई पात्र बनाएको छु, कतिले त अन्तर्वार्ताकै कारण सहयोग पनि पाउनु भएको छ’

भाग्य न्यौपानले भने, ‘बिहानै ६ बजेदेखि राति १० बजेसम्म यही भिडियो बनाउनमै लाग्छु, गाउँ डुल्छु ।’ अहिले त भाग्य न्यौपानेले जस्तो नयाँ पात्र र विषयको खोजी गरेर अन्तर्वार्ता लिने चलन नै बसेको छ । भाग्यले आफूले यो प्रयोग गरिरहेको र अरुको नजर मा नपरेका प्रतिभालाई अगाडि ल्याउन आफू सधै प्रयासरत भएको बताए । भने, ‘पहिले हामीले कसको भिडियो बनाउने भनेर पात्र खोजी गर्थ्यौं, तर अहिले धेरैजसो फोन आउँछन्, कहिलेकाहीँ त लाग्छ, नेपालमा यति धेरै बिरामी हुनुहुन्छ र ?’

उनले कति बिरामीलाई भेटेर आफूले सह योग गरेको र कतिको लागि सहयोग जुटाएको समेत बताए । ‘सबैको भिडियो बनाएर त साध्य हुँदैन तर कति कथा त यस्ता हुन्छन्, जसले निकै दुःखी बनाउँ छन् ।’ अहिले चर्चित बनेका अशोक दर्जीको अन्तर्वार्ता लिन उनी झापाका विभिन्न स्थानमा पुगेका थिए । उनले शुरुमा सामाजिक सञ्जालमा अशोक दर्जीले गाउँदै गरेको भिडियो देखेका थिए ।

‘मैले यशकुमारले झैँ गाउने गायक भन्ने गरेको अशोक दर्जीको भिडियो हेरेको थिएँ, त्यसपछि हामीले झापाका कैयन् ठाउँमा गएर उहाँको खोजी ग–र्यौँ, मलाई के लाग्यो भने, यस्ता प्रतिभालाई मिडियामा ल्याउनैपर्छ,’ भाग्यले सम्झे । भाग्य न्यौपानेले लिएका अन्त र्वार्ताले चर्चा पाएका छन् । निरन्तर रुपमा सक्रिय भएर समाजका प्रतिभाको खोजी गरिरहेका भाग्यले आफू सधै यसरी नै सबैको विश्वास जित्ने गरी अगाडि बढ्ने बताए । भिडियो हेर्नुहोस्

The post उडिरहेकाे बिमान भित्रै नेपालका मन्त्री बेहाेस …हेर्नुहोस् appeared first on All top Here.