Uncategorized

पढ्ने उमेरमा स्तन क्यान्सर , पिडित आमा स्याहार्दैमा बित्यो १५ वर्षीया चरी मायाको बाल्यकाल (भिडियोसहित)हेरी सक्दो सेयर गरौं..

भक्तपुर। जिन्दगी अनिश्चितै अनिश्चितको शृंखला हो। पारि जाउ भिरै भिर, वारि जाउ पिरै पिर, टाढाको गाउँमा, डाडाको बस्तीमा बाचेकी चरी माया तामांग नामकी एक वास्तविक चरित्र।समयको फरक फरक छालहरुमा तैरिदै चरी मायाको जिन्दगि सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ३ मा सुसाइरहेको छ।

मानव जीवनका तिता मिठा अनुभव बटुल्दै उनी जिन्दगीमा सम्झनाका मिठा तरेलीले परेली भिजाएरै भएपनि बाचिरहेकी छिन्।जेठी भने पनि कान्छी भने पनि चरी माया नै उनको आमाबुबाको एक्ली सन्तान हुन्।
उनको घरमा उनको बुबा आमा र उनी गरेर जम्मा तिन जनाको सदस्य मात्र छन्। जेठी छोरि र एकमात्र सन्तान भएकोले पनि पारिवारिक जिम्मेवारी सबै उनको काँधमा छ। ग्रामिण भेगमा हुर्केबढेका उनको पिता निकै नै सोझो छन्। भए घरको कामकाज गर्ने नत्र चुप लागेर बस्ने उनको पिता परिवार सम्हाल्न सम्म जान्दैनन्।

उमेरले उनी भर्खर १५ वर्षको लागिन्। तर उनको काँधमा जिम्मेवारी भने ३० वर्षको जस्तो छ। कति पय कुरा पढेर भन्दा परेर जानेकी छिन् उनले। पढ्न उनलाई पनि रहर लाग्छ। अरु साथी चिटिक्क परेर कापीकिताब बोकेर विद्यालय गएको देख्दा उनलाई पनि जाउ जाउ लाग्छ। दुर्भाग्यवश उनको पढ्ने रहर रहरमा मात्र सिमित भएको छ अहिले सम्म।हुन त चरी माया पनि उनको पिता जस्तै स्वभावले निकै सोझी छिन्।

गरिबी, अभाव र पीडामा रुमलिएको उनको जीवन अहिले सम्म गाउघरमा मेलापात घासदाउरा गर्दै बितिरहेको छ। अरुले झैँ उनी पनि मनको आँखामा सुन्दर संसार त सजाउछिन् तर वास्तविकतामा आफुलाई पाउदा उनी आफुलाई स्वर्गबाट एकै चोटी नर्गमा प्रवेश गरेको भान गर्छिन्।

कलम समाउने हातले उनी कोदालो समात्न विवश छिन्। किताबकापीको भारी बोक्नु पर्ने उनको पिठ्युमा मोलको भारीले थिचेको छ।घरमा स्तन क्यान्सर भएर थलिएकि आमाको स्याहार सुसारमा नै उनको दिनचर्या बित्छ। बिहानै उठ्ने बित्तिकै उनी मुख धुनु भन्दा पहिला आमालाई नै नियालेर हेर्छिन्।

उनको आमा स्तन क्यान्सर लागेर थलिएको तिन वर्ष भन्दा बढी भइसकेको छ। शुरुमा सानो गाठो मात्र आएको थियो पछि बल्झिदै गए पछि उनको स्तन नै कुहिन थाल्यो। पिप, रगत बग्ने हेर्दा नै डरलाग्दो उनको आमाको घाउको उपचार गराउन आर्थिक अभावका कारण असम्भव थियो।आज भन्दा भोलि भन्दा उनको आमाको स्थिति झन् झन् नाजुक हुँदै गए पछि भने केहि सामाजिक अभियन्ताको पहलमा उनको आमालाई क्यान्सर अस्पताल सम्म ल्याइयो। यदपि उनी अझै निको भने भएकी छैनन्।

घरमा दुई छाक टार्न सम्झना अरुको मेलापात जान्छिन्। एक दिन बराबर २५० रुपैयाँ ज्यालामा काम गर्छिन्। सधै मेला पनि हुन्न। सिजन अनुसार कामको बेला मात्र उनलाई काम मिल्छ। डोको भरि झुसी पारेर मोल बोक्ने, बारी खन्ने, घास काट्ने त उनको दैनिक कार्य नै हो। उनको अवोध आँखामा छाएका सपनाका फुललाई टपक्क टिपेर कसैले उनलाई पढ्ने मौका दियो भने सायद उनी मोलको डोकोको सट्टामा कापीकिताबको भारी बोक्थीन होला।

जागिर खान्थिन् होला अनि आफ्नो क्यान्सर पिडित आमाको उपचार गर्थिन् होला।उनले आफ्नो बाल्यकाल नै आमाको स्याहारसुसारमा त्यागेकी छिन्। न पढाई न कुनै शीपमुलक तालिम जीवनमा लक्ष्यबिहिन छिन् उनी। अब बाँकिको उनको जीवनले कस्तो मोड लिन्छ उनी नै अनभिज्ञ छिन्https://youtu.be/Qo4DU_QxCsI

Leave a Reply

Your email address will not be published. Required fields are marked *