Uncategorized

अकस्मात चट्याङ पर्दा दुई जनाको मृत्यु…..मनमा माया भए #RIP लेखौ

सङ्खुवासभा-सङ्खुवासभामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङमा परी सङ्खुवासभाको पाँचखपन नगरपालिका– ९ मन्दिकाटारकी सीता विश्वकर्मा र सुकुमाया लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई उपचार गराउन लाने क्रममा बाटैमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख मिङ्मा शेर्पाका अनुसार घरमा काम गरिरहेको बेला अकस्मात चट्याङ पर्दा दुई महिलाको मुत्यु भएको हो ।

मङ्गलबार दिउँसो २ः३० बजे घरमा बसिरहेका बेला नजिकैको विद्युत्को खम्बामा चट्याङ परेको थियो । चट्याङको झड्काले उनीहरू बेहोस् भएका थिए ।

मृतकको शव आफन्तलाई जिम्मा लगाई मङ्गलबार साँझ जातीय परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *