Entertainment

श्रीमतीले नै श्रीमानविरुद्ध बलात्कार मुद्दा दिएपछि………………………………

आफ्नो इच्छाविपरित श्रीमान्ले शारीरिक सम्पर्क राखेको भन्दै रुपन्देहीकी एक महिलाले श्रीमानविरुद्ध प्रहरीमा जवरजस्ती करणीको उजुरी दिएकी छन् ।

 

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  ३५ वर्षीया विवसदेवी  (नाम परिवर्तन) ले ४० वर्षीय फशादराम (नाम परिवर्तन) विरुद्ध चैत १२ गते जवरजस्ती करणीविरुद्धको जाहेरी दिएकी हुन् ।

बैवाहिक जवर्जस्ती करणीविरुद्ध श्रीमतिले जाहेरी दिएपछि उनका श्रीमानलाई पक्राउ गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाले जनाएको छ ।

उक्त घटनासहति पछिल्लो तीन हप्तामा रुपन्देहीमा  शृङ्खलाबद्ध तीन ठूला व्यक्ति हत्याका घटना र ६ वटा बलात्कार घट्नाका मुद्दा रुपन्देही प्रहरीमा परेको  जिल्ला प्रहरी प्रमुख एसपी ह्दय थापाले जानकारी दिए

।गोपनीयताको हकलाई ध्यानमा राखेर प्रहरीले उनको विवरण खुलाएको छैन ।

जवर्जस्ती करणी उद्योगका आरोपी एक जना फरार रहेपनि अन्य ५ वटै बलात्कार मुद्दाका आरोपी र तीनवटै हत्याका अभियोगीहरुलाई रुपन्देही प्रहरी पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *