राजनीति

भारतीय मिडियाको नेपाली सेनालाई गम्भीर आरोप : आईएसआईको घुसपैठ भन्दै यस्तो लेख्यो , सरकार किन मौन ?

भारतीय मिडिया कति असंवेदनशिल छ भनेर नेपालमा गएको बिनाशकारी भुकम्पको समय खाएको गाली र पुलवामा आक्रमणपछि देखाएको रैवायको कारण पनि पुष्टी भईसकेको छ । यी दुबै घटनाबाट भारतीय मिडियाको आलोचना विश्वभर भयो त्यतीमात्र होईन भारतीयहरु पनि आफनो मिडियाको आलोचना गर्छन् मानविय संवेदना नभएको भनेर ।

यस्तै व्यवहार फेरी पनि भारतीय मिडियाले देखाएको छ । भारतको चर्चित मिडिया आजतकले नेपाली सेनामा पाकिस्तानको खुफिया एजेन्सी आईएसआईको घुसपैठ भएको दाबी गरेको छ । उसले आईएसआई र नेपालको सेनाले काठमाडौँमा नेश्नल डिफेंन्स कलेज बनाउने तयारी गरिरहेको दाबी गरेको छ । चीनको साहयतामा पाकिस्तानले नेपालसंग निकटता बढाउन प्रयासरत रहेको र नेपालमा भारतको प्रभाव कम गर्न लागि परेको भन्दै समाचार प्रकासित गरेको छ ।

उसले आफनो गोप्य सुत्रले दिएको सूचना भन्दै यस्तो दाबी गरेर नेपाल र नेपाली सेनाको क्षमतामा नै प्रश्न चिन्ह उठाउने काम गरेको छ ।

पाकिस्तानले नेपाली सेनामाथि आफनो प्रभाव जमाउन खोजेको र काठमाडौँस्थित पाक हाई कमिशनमा भारतबिरोधी षडयन्त्रहरु रचिरहेको दाबी गरेको छ । आजतकले नेपालमा नेश्नल डिफेन्स कलेज खोल्नेबारेमा बैठक समेत बसिसकेको बताईएको छ ।

पाकिस्तानले नेपालमा रहेको भारत बिरोधी र आतंकी गुटहरुलाई सहयोग गरिरहेको बताइएको छ ताकी नेपाल भारत सिमामा त्यसको फाईदा उठाउँदै भारतमा आतंककारी गतिविधी चलाउन सहज होस । नेपालमा पाकिस्तानी एजेन्सीहरु भारतबिरुद्ध लगातार काम गरेको उसको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *