News

६ जना घाइ*ते, प्रहरीद्धारा ला*ठीचा*र्ज गर्दै अ*श्रुग्यास प्र*हार





जनकपुरधाम, २१ साउन । धनुषाको हँसपुर नगरपालिकामा मेयर र उपमेयर नै एक अर्का विरुद्ध भिडे८का छन् । मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा एक अर्का विरुद्ध भि८डेका हुन् । उनीहरु दुईजना बीचको विवादले उ८ग्ररुप लिए पछि झ८डप भएको छ । नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर उत्पन्न भएको वि८वाद झ८डपमा परिणत भएको हो। झ८डपमा परेर उपप्रमुख रेणु झासहित ६ जना स्थानीय घाइते भएको स्थानियले जनाएका छन्।

नगरपालिकाको बघचौडामा रहेको साबिकको कार्यालयलाई हँसपुर चोकमा सार्ने विषयमा मेयर र उपमेयरको कुरा नमिलेको हो । गाउँले मेयर र उपमेयरको पक्षमा दुई भागका बाँडिएका छन् । उपप्रमुख झाको घर समेत रहेको बघचौडाबाट प्रमुख मण्डलले आफ्नो गाउँ नजिक हँसपुरको बेल्ही चोकमा कार्यालय सार्न खोजेका हुन् । लामो समय देखि भइरहेको वि८वाद मंगलवार झ८डपमा परिणत भएको हो ।

करिब डेढ महिना अगाडी प्रमुख मण्डलले बेल्ही चोकमा एउटा भवन भाडामा लिएर त्यहीँबाट कार्यालय संचालन गर्दै आएका थिए भने उपप्रमुख झा बघचौडास्थित साबिकको कार्यालयमा बसेर काम गर्दै आएकी थिइन्। यसै क्रममा मंगलबार प्रमुख मण्डलले तीनवटा ट्याक्टरमा आफ्ना कार्यकर्ताहरुलाई पठाएर बघचौडास्थित कार्यालयबाट सामानहरु सार्न खोजेपछि उपप्रमुख झाले अबरोध गरेकी हुन् । उपप्रमुखले कार्यालयमा लगाएको ताल्चा फोडेर मेयर पक्षका युवाहरुले सामान लैजान लागेपछि उपमेयर पक्षका युवा र सर्वसाधारण विरोधमा उत्रिएका हुन् ।

उपप्रमुख झा पक्षका वडाध्यक्ष र सर्वसाधारणले ढुं८गामु८ढा गरेका हुन्। झ८डप निय८न्त्रण गर्न प्रहरीले ला८ठी चा८र्ज गर्दै टि८यर ग्याँ८स समेत प्र८हार गरेको थियो। शान्ती सुरक्षा कायम गर्न र भीड नि८यन्त्रण गर्न प्रहरीले केही राउण्ड टि८यर ग्याँ८स प्र८हार गरेको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिएका छन् । कार्यालयका सामान लिन मेयर पक्षका युवाहरु प्रहरी लिएर पुगेका थिए ।

झ८डपमा परी उपप्रमुख झा सहित वडा–२का वडाध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापर र उपप्रमुखका गाडी चालक पुण्य खत्री सहित सातजना घाइते भएका छन्। झडपमा केही प्रहरी समेत घाइते भएका छन् । प्रमुख मण्डलले बेल्ही चोक नगरपालिकाको बिचमा भएको हुँदा सबैलाई पायक पर्ने हुनाले नगरपालिकाको कार्यालय त्यहाँ राख्नु पर्ने बताउँदै आएका छन्। तर, उपप्रमुख झाले भने बघचौडा साबिकबाटै कार्यालय रहेको हुँदा यहाँ नै कार्यालय रहनु उपयुक्त हुने अडानमा छिन्।