Lifestyle

विद्यालयमा विद्यार्थी घटेपछि १५ वटा भेडा भर्ना

काठमाडौं । बालबालिका मात्र होइन भेँडाहरु पनि विद्यालय जान्छन् भन्दा अनौठो लाग्छ । तर फ्रान्समा १५ वटा भेँडालाई विद्यालयमा भर्ना गरिएको छ ।फ्रान्सको एक विद्यालयमा विद्यार्थीको संख्या घटेपछि विद्यालयले १५ वटा भेँडालाई स्कुलमा भर्ना गरेको छ । २ सय ६१ जना विद्यार्थी भएको या विद्यालयमा विद्यार्थीको संख्या घटेपछि विद्यालयले १५ वटा भेँडा स्कुल भर्ना गरेको थियो ।विद्यार्थीको संख्या कम भएर कक्षाहरु नै घटनाउनुपर्ने अवस्था आएको बेला स्थानीय किसानले स्कुललाई आफ्ना १५ वटा भेडा दिएको बताइएको छ । भेडालाई स्कुलमा भर्ना गरेसँगै भेडाको जन्मदर्ता प्रमाणपत्र पनि पेश गरिएको छ ।विद्यार्थीको संख्या कम हुँनाले कक्षाको संख्या घटाउनु नपरोस् र कक्षामा विद्यार्थीको अनुपात नबिग्रियोस् भनेर भेडालाई भर्ना गर्ने प्रस्तावलाई सहरका मेयर ज्याँ लुई मेरेले पनि स्विकार गरेका थिए । विद्यालयमा भेडाहरु पनि आउन थालेपछि विद्यार्थीहरु समेत रमाउन थालेका छन् ।सर्लाही– जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर लामीदमार निवासी ५४ वर्षीय अम्बरबहादुर परियारको धारिलो हतियार प्रहार गरी हत्या

भएको हो। उक्त वडाका वडाध्यक्ष नागेन्द्र पाख्रिनका अनुसार परियारको टाउको र ढाडमा धारिलो हतियारले प्रहार गरेको गहिरो चोट रहेको छ। प्रहरीले हत्यामा संलग्न हुनसक्ने आशंकामा परियारकी श्रीमती ५७ वर्षीया सोनामाया नेपालीलाई नियन्त्रणमा लिएको छ। शनिबार रातिकै घटना भए पनि घटनास्थल सिन्धुली जिल्लाको सीमा नजिक साबिक कालिन्जोर गाविसको अति विकट चुरे क्षेत्रमा पर्ने भएकाले प्रहरीले आइतबार मात्र जानकारी पाएको हो। लामीदमारका स्थानीयवासीले आइतबार बिहान ७ बजे वडाध्यक्ष पाख्रिनलाई जानकारी गराएपछि मात्र उनीमार्फत घटनाबारे प्रहरीले थाहा पाएको थियो। मृतकको शव घटनास्थलबाट पोष्टमार्टमका लागि अहिले दिउँसो सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ।प्रहरीले घटनास्थलबाट एक थान बञ्चरो समेत बरामद गरेको छ। कालिन्जोरबाट बाँके खोलाको बाटो हुँदै घटनास्थल पुग्नु पर्ने हुँदा मृतकको शव ल्याउन ६ घण्टा भन्दा बढी समय लागेको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए। घरमा श्रीमान–श्रीमती मात्र बस्ने गरेको र प्रायः मदिरा सेवन गरिरहने अम्बरबहादुर र सोनामायाबीच दैनिकजसो विवाद हुने गरेको स्थानीयले बताएका छन्