News

सुविसुमा लागेको आगो अब नियन्त्रणमा, फर्किए बारुणयन्त्र, कति भयो क्षति?





काठमाडौं।बालुवाटार चोकमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ। आगो नियन्त्रणमा आए लगत्तै सबै बारुणयन्त्र फिर्ता भएका छन्।

भक्तपुरमा रहेको यति कार्पेटको आगलागी सम्झाउने खाल आगलागी भएको थियो सुबिसुमा। आगो फैलिन सबैभन्दा बढी योगदान दियो, रिजर्भमा राखिएको पेट्रोलियम पदार्थले। करिब २ हजार लिटर पेट्रोलियम पदार्थ रिजर्भमा थियो जसले बालुवाटारलाई बुधवार मध्यान्न धुँवामय बनाएको थियो।आगलागीबाट सुबिसुको कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। कार्यालयसँगै रहेको द्वारिका श्रेष्ठको घरमा पनि आगोले क्षति पुर्‍याएको छ।

आगोलाई नियन्त्रणमा लिन जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलको एभिएसन रेस्क्यु एन्ड फायर सर्भिस्, नेपाली सेना, काठमाडौं महानगरको वारुण यन्त्र परिचालन गरिएको छ। मानवीय क्षति भने आगलागीमा नभएको बताइएको छ।आगो निभाएर फर्केका नेपाली सेनाका जवानले दिएको जानकारी अनुसार कार्यालयको अगाडिको भागका सामान जलेका छन्। पछाडिपट्टिको भाग भने बचाउन सकिएको छ।

काठमाडौं।बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसु प्रालिमा आगो लागेको छ। वुधबार मध्यान्ह बालुवाटारमा कालो मुस्लो देखिएको थियो।’बालुवाटार चोक नजिकै रहेको सुविसुको स्टोरमा आगो लागेको जानकारी आएको छ,’ महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले भने, ‘सुरक्षाकर्मीहरु घटनास्थल पुगिसकेका छन्।’स्टोरसँगै पेट्रोलियम भण्डारण गर्ने ट्याङ्क रहेकाले ठूलो क्षति भएको हुनसक्ने बताइएको छ।सुविसुका प्रमुख कार्यकारी अधिकृत सुधीर पराजुलीले आगो लागेको जानकारी पाएपछि आफू त्यतै जान लागेको बताए। थप बिवरणका प्राप्त हुन बाँकी छ।