Lifestyle

फेरी गयो ५.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प

बुधबार ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । यस भूकम्पको कारण हालसम्म मानवीय र भौतिक सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो । पोर्टभिला र प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा सो भुकम्प गएको हो।

यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो । भूकम्पपछि सुनामी चेतावनीको कनै सुचना जारी गरिएको छैन् । भानुआटुमा भूकम्प र ज्वालामूखि जस्ता प्राकृतिक प्रकोपले बारम्बार सताएको पाइन्छ ।