News

६ महिना घरमा कैद भएकी थिइन् यी हिरोइन, छोडेकी थिइन् खाना खान





मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडा पछिल्लो समय चर्चामा छिन् । उनी यतिबेला आफ्नो फिल्म ‘जबरिया जोडी’ को प्रचारमा खुलेर लागेकी छिन् ।यसै दौरान परिणीतिले जीवनको कुनै समय आफूले निकै मुस्किलको सामना गर्नुपरेको खुलाइन् । उनले अन्तर्वार्ता दिने क्रममा आफूलाई कुनै समय पैसाको कमी हुँदा अनेक समस्याको सामना गर्नुपरेको पनि बताइन् । पैसा नहुनाले उनी ६ महिनासम्म घरबाट बाहिर निस्किएकी थिइनन् ।

परिणीतिले भनिन्, ‘मेरा दुई फिल्मले बक्स अफिसमा खासै राम्रो गर्न सकेनन्, मसँग पैसा पनि थिएन, मैले त्यतिबेला घरमा पैसा लगाएकी थिएँ, त्यो समय म निकै भयानक समयबाट गुज्रेकी थिएँ, मलाई त्यतिबेला सबैतिरबाट गिर्दैछु जस्तो लागेको थियो, त्यतिबेला सकारात्मक बाटोमा अगाडि बढ्न मसँग केही चीज पनि थिएन ।’

उनले त्यतिबेला आफूले मन परेको खाना खान बन्द गरेको पनि बताइन् । त्यो समय उनी पूरै समय सुत्ने गर्थिन् । उनका अनुसार परिणीतिका कुनै साथी पनि थिएनन् । त्यतिबेला उनको परिवारसँग पनि पैसा थिएन । उनले घरमा दिनभरि टिभी हेरेर बस्थिन् ।