Lifestyle

पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ठुलो प्रदर्शन

प्रचण्डपूर्वराजा ज्ञानेन्द्र समर्थकले कडा चेतावनीका साथ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध पर्सा जिल्लाको वीरगञ्जमा ठुलो प्रदर्शन गरेका छन् |केहि दिन अघि प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट बाहिर निकाल्ने चेतावनीसहित दिएकाे अभिव्यक्ति दिएपछि सोहि विरोधमा मंगलबार वीरगञ्जका स्थानीयले प्रचण्डविरुद्ध कडा प्रदर्शन गरेको बताइएको छ |केही दिन आइतबार प्रचण्डले ज्ञानेन्द्र शाहलाई

सरकारले नागार्जुन दरबारबाट बाहिर निकाल्ने भनेर अभिव्यक्ति दिएका थिए ।प्राप्त जानकारी अनुसार त्यसको बिरोध गर्दै बीरगंजमा नेपाल राष्ट्रवाद संघ, शिव सेना हिन्दूवादी, राजावादी बुद्धिजीवी नागरिक समाजले बिरोध खबरदारी सहितको जुलुस समेत निकालेको छ ।प्रदर्शनमा उत्रिएकाहरूले प्रचण्डलाई ‘पूर्वआतंवादी डाका हत्यारा प्रचण्ड मुर्दावाद’ जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए । जसलाई प्रहरीले तितरबितर पार्ने कोशिस गरिरहेको थियो |