Lifestyle

काठमाडौं बालुवाटारमा भिषण आगलागी

२२ साउन, काठमाडौं / काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ ।बुधबार दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ ।आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।दिउँसो सवा १ बजेसम्म ५० प्रतिशत आगो नियन्त्रणमा आइसकेको डीएसपी बोगटीले जानकारी दिए ।काठमाडौं । जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पु¥याउन आवश्यक प्रक्रिया शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी

निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रीडमार्फत विद्युत् पुर्याउन बोलपत्र भई ठेक्का सम्झौता भइसकेको बताएका छन्।जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आज प्रतिनिधिसभाको बैठकमा जुम्ला अन्धकारमा रहेको भए पनि सरकार र प्राधिकरणले विद्युत् बिक्रीका लागि प्रयास गरेको बताएका थिए । जुम्लामा वितरण तथा ग्राहक सेवा केन्द्र खोल्ने निर्णय भइसकेको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले सुर्खेतबाट ८१ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको बताएका थिए ।ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पु¥याएको र आगामी डेढ वर्षभित्र राष्ट्रिय ग्रीड पु¥याउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ । उनले राष्ट्रिय ग्रीड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको बताए ।कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको स्वामित्वमा रहेको रहेको लघु जलविद्युत् स्थानीय उपभोक्ता समितिले भाडामा लिएर चलाएको बताए । “लिज सम्झौतामा मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहेछ, त्यसैले हामीले केही गर्न सक्दैनौँ”, घिसिङले भने ।

रासस