News

बाहुबली अभिनेता मधु प्रकाशकी श्रीमतीले आत्महत्या गर्नुकाे कारण श्रीमानका सहकर्मीसँगको अफेयर हो ?





काठमाडौं । चर्चित फिल्म बाहुबलीका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले आत्महत्या गरेकी छिन् । मधुकी श्रीमती भारतीले हैदराबादको आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गरेको हंस इण्डियाको रिपोर्टले उल्लेख गरेको छ । मधुको आत्महत्याको वास्तविक कारण थाहा नभए पनि मधु प्रकाशको जीवनशैलीका कारण निकै तनावमा भएको र श्रीमानको सहकर्मीसँग अफेयर चलिरहेको शंकाका कारण उनले यस्तो कदम उठाएको हुनसक्ने बताइएको छ ।

सिटी पुलिसले यो मामलामा मुद्दा दर्ता गरेको छ । रिपोर्टका अनुसार मधुको व्यवहारका कारण दम्पत्तीबीच निकै झगडा हुने गर्दथ्यो । रिपोर्टले यो पनि दाबी गरेको छ कि मधुले भारतीलाई आफू जिममा जान लागेको जानकारी दिएका थिए । पछि टिभी शोको सुटिङका लागि बिहान करिब १० बजे घरबाट निस्किएका थिए ।

भारतीले मधुलाई तत्काल घर आउन आग्रह गर्दै फोन गरेकी थिइन्, यस्तो नगरे आफूले आत्महत्या गर्ने धम्की पनि दिएकी थिइन् । तर श्रीमतीको कुरालाई वेवास्ता गरेका उनी बेलुका साढे सात बजे घर आउँदा श्रीमतीलाई कोठाको पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको जनाइएको छ ।

पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ र मधुको बयान लिइसकेको छ । भारतीको शव पोष्टमार्टमका लागि ओस्मानिया जनरल अस्पताल पठाइएको छ । मधुले बाहुबली बाहेक विभिन्न टिभी सिरियलमा पनि काम गरिरहेका छन् ।