नानीको आत्माले शान्ति पावस हार्दिक श्रद्धाञ्जली नानी स्वर्गमा बास हाेस 😭😭😭RIP

News

खोटाङमा खेल्ने क्रममा घरको रेलिङबाट लडेर बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कमा खेल्ने क्रममा घरको रेलिङबाट लडेर ७ वर्षीया बालिका रोशनी गुरुङको मृत्यु भएको हो । साकेला गाउँपालिका–१

बाझेच्यानडाँडा घर भई दिक्तेल रत्नपार्कस्थित सिताराम खत्रीको घरमा भाडामा बस्दै आएका रबिन गुरुङको छोरी बिहीबार साँझ करीव ५ वजे घरको दोश्रो तलाको रेलिङबाट खसेकी थिईन् । उनी दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलको कक्षा–२ मा अध्ययनरत थिइन् ।

यसअघि पनि रबिन गुरुङकै कक्षा–४ मा अध्ययनरत नौ वर्षीया छोरी रोमी गुरुङकोे २०७९ साउन १३ गते खेल्ने क्रममा पासो लागेर मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *