४५ वर्षीया महिला माथि बलात्कारको आरोपमा एक युवक पक्राउ

News

बैतडी – बलात्कारको आरोपमा बैतडीका एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा मेलौली नगरपालिका – ५ खलिगाडका २८ वर्षीय नरेश जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन ।

जोशीमाथि असोज २१ गते बिहान मेलौली ६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिला माथि करणी गरी भागेका आरोप छ । घटनापछि भागेका जोशीलाई सोमबार लामालेकबाट पक्राउ गरिएको थियो ।

पक्राउ परेका जोशी विरूद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *