खेतालालाई सूर्ति किन्न हिँडेकी मनिषालाई जब खाँले फकाएर बोलाएर कुकर्म गरे

News

प्रेम सुनार, गुल्मी । केहि दिन अघि गुल्मीको शान्तिपुर बजारमा १५ वर्षीया किशोरी मनिषा रुचालको बलात्कार पछि हत्या गरिएको घटनामा संलग्न एक जनालाई गुल्मी प्रहरीले पक्राउ गरी अदालतमा पेश गर्दै पाँच दिन म्याद थप गराई अनुसन्धान अगाडी बढाएको छ । यहि कार्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिकाؘ–४शान्तिपुरस्थि हुग्दीखोलामा नग्न अबस्थामा मृत फेला परेकी मनिषाको बलात्कार पछि हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी गुल्मी जिल्ला अदालतमा ५ दिन म्याद थप गरेको हो ।

मृतककी आमा धनमाया साकीको किटानी जाहेरमा बाँके जिल्लाको खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँ पक्राउ परेका हुन । उनीगत पाँच महिना देखि शान्तिपुरमा बस्दै आएका थिए । उनी बिरुद्ध अदालतमा मनिषाको ज्यान सम्वन्धि कसुर र करणी बिरुद्धको मुद्धामा पाँच दिनको म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी नविन किशोर प्रधानले जानकारी दिनु भएको छ ।

त्यस दिन खेतमा काम गर्ने खेतलाहरुलाई सुर्ति किन्न पारी श्रीलंकाटोलकी शान्ति थापाको पसलमा सुर्ति किनेर फर्किएकी मनिषालाई खाँले फकाएर बोलाउँदै भित्र लगेर कुकर्म गर्न लाग्दा उनले प्रतिवाद गर्ने क्रममा उनको हत्या गरिएको प्रहरीको प्रारिम्भक निष्कर्ष छ । प्रहरीले यस घटना जानकारीमा आएको १२ घण्टा नबित्दै मनिषा बलात्कार पछि हत्या घटनामा संलग्नलाई पहिचान गर्न सफल भएकोमा स्थानीय समाजसेवहरु गुल्मी प्रहरीको उच्च प्रशंसा गरिरहेका छन । अहिलेलाई उनि एक जना मात्र देखिएको र अरु पनि संलगन छ नि कि भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनास्थल रहेको घर भत्काउनु पर्ने माग राख्दै र घटनामा संलग्नलाई कडा भन्दा कडा कार्बाहीको माग राख्दै शान्तिपुरमा आईतबार पनि बिरोध प्रदर्शन गरे स्थानीयबासीले । चन्द्रकोट गाउँपालिका कार्यालय सम्म बिरोध पर्दशन गरियो । मनिषाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो र सोमबाार शान्तिपुर ल्याई चन्द्रकोटबासीले मनिषाको शवलाई बजार परिक्रममा गरी अन्तष्टि गरेका छन् । मृतकका आफन्तजनले राखेका केहि मागहरुका बिषयमा स्थानीय बिच यस्तो सहमति भएको स्थानीय अगुवालेहरुले बताए ।

सदरमुकामबाट विहान साढे ९ बजे हिडेका प्रहरी मध्ये हामीले बाटोमा फेला पार्द अनुसन्धामा हिड्दा कहिलेकाँही खान नपार चाउचाउ खाएर हिडने गरेको सुनाउँदै थिए । प्रहरी जाँदै गरेको गाडी एक ठाउँ रोकिएको थियो । हामीले पनि हाम्रो सवारी साधन रोकेर धुलाम्मे उनिहरुको अवस्था क्यामसामा कैद गरेका थियौं । त्यस दिन प्रहरीले दुई बजे खान खाएको थियो । त्यस रातैभर प्रहरी सुतेनन । रात करिव आठ घण्टा लगार सिसीटिभीको आफुले अध्यान गरेर नसुतेको प्रहरी प्रमुख प्रधानले अर्को दिन बताउँदै थिए । चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले पनि गुल्मी प्रहरीले खुलेर प्रशंसा गरे । एसपी प्रधान २०७९ माग २५ गते जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आउनु भएको हो । जुन बेला मुसिकोट नगरपालिका ७ दरमखोला नजिकै एउटी एकल महिलाका विभत्स हत्या घटनामा संलग्नहरुलाई झण्डै दुईसाता सम्म पनि पक्राउ गर्न सकिएको थिएन । आएको दोश्रो दिन एसपी प्रधान खटेको एक हप्ता मै हत्या अभियुृक्त पुर्व पश्चिम विभिन्न जिल्लाबाट पक्राउ पर्न सुरु गरेका थिए ।

त्यस यता गुल्मीमा भएको कुनै पनि अपराधको घटनामा संलग्नहरु बच्न सकेको पाईएको छैन । राम्रो कामलाई राम्रै भन्नु पर्छ , अहिलेका प्रहरी प्रमुख एसपी, डिएसपी डिल्लीनारायण पाण्डे सहितको प्रहरी बल सशक्त देखिएको छ । यस अबधीमा ६१ जना भन्दा बढि फरार अभियुक्त समेत पक्राउ परेका छन । यहाँको मात्रै कुरा नगरौं नेपाल प्रहरीका सिंगो संगठनलाई अझ स्वतन्त्र भएर काम गर्न दिए एशियामा अझ अब्बल प्रहरी बन्न उसलाई आईतबार कुर्न पर्ने छैन । यस घटनामा अन्दोलन चर्किन थाले पछि डिएसपी पाण्डे र उता शशस्त्र प्रहरी बलका गुल्मपति डिएसपी संजिव कार्कीको नेतृत्वमा प्रहरी र सशस्त्र प्रहरीठुलो संख्यामा तैनाथ छन ।

यो रिर्पोट तयार पार्ने बला सम्म कुनै अप्रिय घटना हुन पाएको छैन । घटनामा संलगन ति पुरुषकी श्रीमति २० दिन अघि सम्म शान्तिपुर रहेर घर गएको बुझीएको छ । मनिषाको बाबुको घर बाग्लुङ्गा नयाँबजार हो । त्यस गाउँका जनताहरु पनि मनिषाको बलात्कार पछि हत्या घटना बिरुद्ध शशक्तढंगले उभिए । मनिषा शान्तिपुरको उदय मावि कक्षा ९ की छात्रा थिईन । कपडडी खेल र भलिबल खेलाडी उनी निकै बलियो ह्ष्टिपुष्ट भएकोले पनि ति पुरुष संग धेरैबेर सशक्त प्रतिबाद गरिरहेकै बेला ति पुरुषले ज्यान लिएको अनुसन्धानमा खटिएको प्रहरी श्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *