बर्दियादेखि काठ्माण्डौ जाँदै गरेको बस देउखुरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु

News

दाङ, ८ माघ । देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत नभएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

बर्दियादेखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रुबहाक बस लमही नगरपालिका -९ रिहार नजिकै गएराती १२ बजे दुर्घटना भएको थियो । दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बसमा सवार अन्य यात्रुहरु सकुशल रहेका छन भने चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ । मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बस के कारण दुर्घटना भयो भन्ने कुराको एकिन भैनसकेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *