एक युवाले एकैपटक पाँच जना महिलालाई गर्भवती बनाएपछि…

Entertetment News

काठमाडौं: अमेरिकाको न्युयोर्कमा एक संगीतकारले पाँच जना महिलालाई एकै समयमा गर्भवती बनाएपछि विवादमा तानिएका छन् ।

उनले ती पाँचै महिलाका लागि एकैपटक ‘बेबी सावर’ को कार्यक्रम समेत राखेका थिए ।

२२ वर्षीय संगीतकार जेडी विलले पाँचजना महिलालाई गर्भवती बनाउनुका साथै उनीहरूलाई एकैपटक ‘बेबी सावर कार्यक्रमका लागि मनाउन सफल भए ।

तीमध्ये एक महिला लिजी एस्लीले सामाजिक सञ्जाल टिकटकमार्फत यसको घोषणा गरेकी थिइन् ।

२९ वर्षीया महिलाले जेडीसहित अन्य चार महिलासहित १४ जनवरीमा आयोजित उक्त कार्यक्रमका लागि निमन्त्रणा पठाएकी थिइन् ।

द न्युयोर्क पोस्टसँग कुराकानी गर्दै पिता जेडीले आफू पाँच जनाको पिता हुन तयार रहेको प्रतिक्रिया दिएका थिए ।


सामाजिक सञ्जालमा आलोचना

यसबारे सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो ।

लिजीले जेडीसहित आमा बन्न लागेका बोनी बी, के मेरी, जिलेन भिला र इयानला कालिफा गालेटीसँग जेडीले खुसीयाली मनाएको भिडियो हालेपछि त यसले ठुलो विवाद नै सिर्जना गरेको थियो ।

क्याप्सनमा लिजीले सबै महिलाले बच्चाको लागि यो सबै कुरा स्वीकार गरेको लेखेकी थिइन् । ‘हाम्रो सुन्दर परिवारलाई हेर्नुहोस्,’ उनले लेखेकी थिइन्, ‘हामी हाम्रो बच्चाको पितालाई माया गर्छौँ । हामी हाम्रो बच्चाको जीवन बरबाद पार्न चाहँदैनौँ । हाम्रो परिवारले यसलाई स्वीकार गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *