अपहरण गरेका आरोपमा नुवाकोटका दुईजना तामाङ पक्राउ , फिरौती रकम र ज्यान मार्ने धम्की

News

कपिलेश्वर, नुवाकोट । नुवाकोटको ककनीका एक व्यक्तिलाई अपहरण गरेका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार ककनी गाउँपालिका वडा नं. ४ रानीपौवाका सुर्यबहादुर तामाङलाई अपहरण गरेको आरोपमा ककनी र शिवपुरीका दुई युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ककनी गाउँपालिका वडा नं. ४ का ३० वर्षिय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका वडा नं. ८ का २४ वर्षिय रामचन्द्र तामाङ रहेका छन् । उनीहरुले माघ २२ गते राती १० बजेको समयमा पीडित तामाङसहितको निजी सवारी साधन अपहरण गरी ज्यान मार्ने धम्की दिई फिरौती रकम माग गरेको नुवाकोट प्रहरीले जनाएको छ ।

विरामी बोक्नको लागि भन्दै पीडित तामाङले प्रयोग गर्दै आएको वा ६ ज ७७७९ नम्वरको सुजुकीअल्टो गाडी रोकी दुई अपरिचित व्यक्तिले गाडीसहित तामाङलाई जिल्लाको कपिलेश्वर पञ्चकन्या गाउँपालिकामा पु¥याएर ठूलो रकम फिरौती माग गरेको प्रहरीले जनाएको छ । माग गरेको रकम मध्ये पीडित सुर्यबहादुरले ७ लाख रुपैयाँ दिने सहमति गरेकोमा रकम लिन नुवाकोट आउन लागेका दुई युवालाई काठमाडौं प्रहरीको सहयोगमा माछापोखरीबाट समातिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । प्रहरीले सोही दिन माघ २३ गते सुर्यबहादुर तामाङलाई पनि अपहरणमुक्त गरेको थियो ।

महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा माग गरिएको रकम लिन नुवाकोट आउन लागेको अवस्थामा माघ २३ गते काठमाडौं माछापोखरीबाट पक्राउ उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेको उनीहरुलाई बुधवार माघ २४ गते जिल्ला अदालत नुवाकोटबाट अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य अभियुक्तहरुको को खोजी कार्य जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *