भ्यालेन्टाइन मनाउने भन्दै १५ वर्षे बालिका बलात्कार गर्ने १८ वर्षे किशोर पक्राउ

News

वीरगन्ज : भ्यालेन्टाइन मनाउने भन्दै १५ वर्षे बालिका बलात्कार गर्ने १८ वर्षे एक किशोर पक्राउ परेका छन् ।

सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर किशोरले नाबालिग बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

लहान नगरपालिका २ स्थित कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेका हुन् । बलात्कृत बालिकाको अवस्था गम्भीर छ । बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका थिए । पीडित परिवारले मध्यराति १२ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो।

बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् । उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *