दुई ठूला व्यापारीको घरमा छापा मार्दा नेपाली रुपैयाँ २,४०३,७२१,५८४ बरामद

Entertetment News

दुई ठूला व्यापारीको घरमा छापा मार्दा नेपाली रुपैयाँ २,४०३,७२१,५८४ बरामद गरिउको छ ।यो नेपालको घटना भने होईन। नेपालको छिमेकी मुलुक भारतमा यस्तो घटना घटेको हो ।

भारत, उत्तर प्रदेशको कानपुरमा दुई ठूला व्यापारीको घरमा आयकर र डीजीजीआईको छापा परेको थियो ।भारतीय सञ्चारमाध्यमहरुका आएको समाचार अनुसार हालसम्म भारु १५० करोड बरामद गरिएको छ ।

कन्नौजका परफ्यूम (अत्तर) व्यापारी पियुष जैन र पान मसाला व्यवसायी केके अग्रवालको घरमा छापा मार्ने क्रम जारी छ । कन्नौजका अत्तर व्यापारी पियुष जैनको कम्पनी त्रिमूर्ति फ्रेग्रेन्समा छापा मार्दा यो अवैध सम्पत्ति फेला परेको हो ।*

तपाईंलाई जानकारी गराउ कि केही समय पहिले समाजवादी पार्टीले चुनाव प्रचारका लागि अत्तर बजारमा ल्याएको थियो । उक्त अत्तर बजारमा ल्याउने व्यक्ति पियुष भएको पनि खुल्न आएको छ ।

उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदैछ । यो बीचमा प्रदेशमा राजनीतिक माहोल थप बलियो बन्दै गएको हो । सबै दलशहरु चुनाव प्रचारमा व्यस्त देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *