श्रीमती र २ बालिकाको हत्यापछि ससुरालाई फोन गरेर राजुले पनि गरे आत्महत्या

News

काठमाडौँको सितापाइलामा ३ जनाको हत्या भएको आशंका

काठमाडौं । काठमाडौंको सीतापाइलामा सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको पाइएको छ ।

सीतापाइलामा रहेकाे एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

श्रीमती, छोरी र एक नातिनीहो हत्यापछि उनले आफ्नै ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको छ । श्रीमती र दुई बालिकाको हत्यापछि ह्वाइट गुम्बा नजिकै रहेको जंगलमा झुन्डिएको अवस्थामा राजुलाई फेला परेको जनाएकाे छ ।

“बिहान ८ बजेतिर सासु रुकमाया श्रेष्ठ र ससुरा इन्द्रजितलाई फोन गरेर मैले तपाईंको छोरीलाई मारिसकेँ, घरमा गएर हेर्नुहोस् भनेका रहेछन्,” प्रहरीले भन्याे, “फोनमा अब म पनि मर्छु भनेपछि ससुरालीले नै पहिले प्रहरीमा खबर गरेका रहेछन् ।”

राजुले मादक पदार्थ पनि सेवन नगर्ने हुँदा के कारणले हत्यापछि आत्महत्या भएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म शव उठाइएको छैन । बद्रीप्रसाद बजगाइँको घरमा उनको परिवार भाडामा बस्दै आएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *