दैवको नियति : अस्पतालबाट फर्किँदै गरेकी उषाले धकेलेर श्रीमानलाई बचाइन् तर आफू बितिन्

News

दैवको नियति : अस्पतालबाट फर्किँदै गरेकी उषाले धकेलेर श्रीमानलाई बचाइन् तर आफू बितिन्

धनकुटा । धनकुटामा गुडिरहेको मोटरसाइकललाई रुख ढलेर किच्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

बिहीबार दिउँसो धनकुटाको हिले घर भएका तामाङ दम्पती धनकुटा जिल्ला अस्पतालमा उपचारको क्रममा आएर फर्कँदै थिए ।

सोही क्रममा धनकुटा नगरपालिका-४ सल्लेरी आइपुग्दा गुडिरहेको प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकललाई सुकेको रुख ढलेर किचेको थियो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार धनकुटा-१ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक तथा उषाका श्रीमान् आशीष तामाङ भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

सडकनजिक रहेको शिरीषको रुख आफैँ भाँचिएर उषाको टाउको र छातीमा लागेको थियो ।

गम्भीर घाइते उषाको उपचारको लागि धनकुटा अस्पताल ल्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए ।

उनका अनुसार उषाले रुख ढल्दैगरेको देखेर आशीषलाई अगाडि धकेलेकी थिइन् । धकेलेर श्रीमानलाई बचाएकी उषालाई रुखले लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *