बेहुलाको नाच देखेर बेहुलीले बिहे गर्न मानिनन्…..

Entertetment News

एजेन्सी । बेहुलाकाे नाच देखेर बेहुलीले बिहे गरिनन् भन्दा तपाईँलाई अचम्म लाग्ला । तर भारतमा एउटा यस्तै घटना भएकाे छ । भारतको उत्तर प्रदेश राज्यको मैनपुरीकाे करहल थाना क्षेत्र अन्तर्गत गम्भीरा गाउँमा ७ डिसेम्बरका दिन ब्रजेश कुमारकी छोरीको विवाह थियो । जन्तीसहित बेहुला पनि निर्धारित समयमै आइपुगे ।

जन्तीलाई बेहुली पक्षले राम्रोसँग स्वागत सत्कार गरे । विवाहको प्रक्रिया सुरु भइसकेको थियो । केहीबेरमा वरमालाको कार्यक्रम थियो । तर त्यसअघि नै बेहुला आफ्ना साथीहरुसँग नाच्न थाले ।

बेहुला नाच्न थालेपछि सबैको ध्यान उनीतिर आकर्षित भयो । बेहुलीले पनि बेहुला नाचेको देखिन् । उनी पहिला त छक्क परिन् । बरमालाकाे काम सुरु गर्नुपर्ने बेला बेहुला नाच्न थालेकाे देखेर सबैले अनाैठाे माने । बेहुलीलाई बेहुलाको हाउभाउ पनि ठिक लागेन । मदिराको नशामा बेहुला नाचेको अनुमान उनले लगाइन ।

बेहुलीले शंका गरेपछि परिवारका सदस्यहरुले नजिकै गएर वास्तविकता पत्ता लगाउने प्रयास गरे । अन्ततः बेहुलीको शंका सही ठहरियो । बेहुलाले मात्र नभइ बेहुलाका पिताले पनि मदिरापान गरेको पत्ता लाग्यो ।

त्यसपछि बेहुलीले कुनै पनि हालतमा त्यो बेहुलासँग बिहे नगर्ने अडान लिइन् । बेहुला पक्षले बेहुलीलाई मनाउनका लागि कयौँ प्रयास गरे, तर सफल हुन सकेनन् । बेहुलीको अडानलाई उनका परिवारजनले पनि साथ दिए । त्यसपछि बेहुला जन्ती लिएर बेहुली बिना नै फिर्ता भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *