कमला नदीको बाढीमा ६० वर्षीय वृद्ध बिहानदेखि रुखमा झुन्दिएर ज्यान जोगाउदै : उद्दारको लागि हेलिकप्टर जाँदै…

सिरहा : सिरहाको कर्जन्हा नगरपालिका-२ बन्दीपुरस्थित कमला नदीको बाढीमा फसेका वृद्धलाई हेलिकप्टरबिना उद्धार गर्न नसकिने भएको छ। ६० वर्षीय वृद्ध बेत्रु मुखिया कमला पुलको उतरपट्टी बाढीमा शुक्रबार बिहानदेखि फसेका छन्।नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको उद्धार टोली तयारी अवस्थामा त्यहाँ पुगेका छन्। तर, वर्षा र नदीमा आएको अध्यधिक […]

मोरङ कारागारमा घट्यो खतरनाक घटना प्रहरीनै

जेल सुरक्षाका लागि खटिएका मोरङमा कार्यरत एक प्रहरी हवल्दार आफै जेल चलान भएका छन् ।जिल्ला कारागार मोरङ विराटनगरमा लागु औषधको मुद्दामा कैद भुक्त्तान गर्दै आएका उर्लाबारी – ७ घर भएका कैदी उमेशकुमार चौधरीको लोभमा परेर यौन चाहना पूरा गर्न खोज्दा कागारको सुरक्षामा खटिएका प्रहरी हवल्दार अशोककुमार शाह आफै कैदी भगाएको आरोपमा जेल जानु परेको हो […]

खोलाले बगाएको ग्यास टिप्न हामफाल्दा आफैं बेपत्ता…

काठमाडौं । कलंकीको भुलेश्वरी मन्दिर छेउ बस्ने बर्दियाका ३२ वर्षीय विनोद चौधरी शुक्रबार दिउँसो बल्खु खोला किनारमा थिए ।विहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी हेर्न पुगेका उनी एक्कासी नदीमा हामफालेपछि अधिकांशले आश्यर्च माने । केहीबेरमै थाहा भयो, खोलाले बगाएर ल्याएको सिलिण्डर ग्यास समात्न चौधरीले फाल हानेका रहेछन् […]

१८ घन्टा देखि यात्रु जीपमा चेपिए,

काठमाडौं, २८ असार । शुक्रबार आएको पहिरोका कारण वीपी राजमार्गमा सयौं सवारी साधन अलपत्र परेका छन् । अविरल बर्षा भइरहेका कारण यातायातका साधन पहिरोका कारण अवरुद्ध भएका छन् । एउटा सुमोमाथि ढुंगा खस्दा त्यसमा सवार एक जना चेपिएका छन् । तर प्रहरीले उद्दार गर्न सकेको छैन । सर्वसाधारणका अनुसार खुर्कोट र नेपालथोकको रातमाटे नजिक भएको […]

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो, आज अझै सतर्क रहन चेतावनी…

काठमाडौं । लगातारको भारी बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । बाढी र पहिरोमा परी ८ जना बेपत्ता भएका छन् । लगातारको बर्षाको देशभरको जनजिवन प्रभावित बनेको छ भने सयौ परिवार विस्थापित भएका छन् । रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ […]

भैरहवा बाट काठमाडौं जाँदै गरेको गाडी त्रिशूलीमा खस्यो

दुखद खबर। काठमाडौं आउँदै गरेको गाडी त्रिशूलीमा खस्यो चितवन । त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएका सहचालकको शव फेला पेरको छ । ट्रक खसेको करिब पाँच घण्टापछि शव फेला परेको हो । मृत्यु हुनेमा दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवन ले जनाएको छ ।भैरहवाबाट काठमाडौंतर्फ गइरहेको ना ४ ख १७९६ […]

माेरङमा बाढीका कारण ३०० परिवार विस्थापित (फाेटाे फिचर)

विराटनगर, मोरङमा बाढीका कारण तटिय क्षेत्रमा बसोबास गर्दै आएका करिब ३ सय परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । सबैभन्दा बढी विराटनगर भएर बग्ने सिंघिया खोलामा बाढीको स्तर बढ्दै गएपछि वडा नं. १ र ८ का करिब २ सय ५० सुकुम्बासीहरुको घर घरमा पानी पसेको छ । यसैगरी विराटनगर महानगरपालिका वडा नं. १६ दरैया […]

रिम्का जाँदै गर्दा १६ वर्षीया कौशिलाको आयो दुखद खबर

रुकुमपश्चिम, २७ असार । आठबीसकोट नगरपालिकामा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । पहिरोसँगै खसेको ढुङ्गा लाग्दा वडा नम्बर ५ गोतामकोट रिम्काकी १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो ।जलिगारबाट रिम्का जाँदै गर्दा फारुलाको भिरमा पहिरोसँगै आएको ढुङ्गा लाग्दा बस्नेतको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष प्रजित विकले जानकारी दिनुभयो । उहाँका अनुसार बस्नेतको आज बिहान […]

खाना स्वादका लागि होइन, शरीरका लागि…

हामी किन खान्छौ ? यो प्रश्नको सटिक जवाफ खोज्ने हो भने तपाईंलाई सोधिरहनुपर्दैन कि, हामीले के खानुपर्छ ? खानासँग हाम्रो सम्बन्ध के छ ? खाना किन खाने ? यावत् प्रश्नले हाम्रो जीवनसँग खास अर्थ राख्छ । तर, हामी बाँचुञ्जेल यस्ता प्रश्नमा घोत्लिदैनौ । किनभने खाना खानु भनेको स्वाद मेट्न मात्र होइन, पेट भर्न मात्र होइन […]

महोत्तरीमा रातो खोलाले ७० वर्षीय वृद्धलाई बगायो…

महोत्तरी / महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब […]