हार्दिक श्रद्धाञ्जली कठै दुर्घटनामा परी बुवाको मृत्यु नाबालक छोरा दागबत्ती दिँदै

News

बाराकाे सुवर्ण गाउँपालिका कार्यालय कवहीगोठको पशु शाखामा कार्यरत कर्मचारी राकेश कुमार यादवकाे सवारी दुर्घटनामा परि मृत्यु भएकाे छ ।
बारा कै महागढीमाई नगरपालिका वडा नं. ७ बेनौली निवासी ४५ बर्षिय राकेश यादवको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

सुवर्ण गाउँपालिकाकाे वडा नं. ४ हर्दिया स्थित चौकबाट ५०० मिटर उतर बरियारपुर सडक खण्डमा कार्तिक ८ गते, बुधबार सांझ ७:५० बजेको समयमा हर्दियाबाट पसुरामपुर तर्फ जादै गरेको बिआर २९३३ नम्बरकाे मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको ना ४४ प ११९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएकाे थियाे ।

साेही दुर्घटनामा परी ना ४४ प ११९ नम्बरको माेटरसाइकल चालक यादवको मृत्यु भएको र बिआर २९३३ नम्बरकाे गम्भिर घाइते माेटरसाइकल चालक सुवर्ण गाउँपालिका कै वडा नं. ८ पसुरामपुर निवासी २६ बर्षिय मिनताज देवानको एलएस न्युराे अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

घाइते देवानकाे टाउको तथा शरिरको बिभिन्न भागमा गम्भिर चोट पटक लागेकाे अस्पताले जनाएकाे छ । देवानको प्रहरीको निग्रानीमा उपचार भइरहेकाे र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

कर्मचारी निधनकाे शाेकमा विदासुवर्ण गाउँपालिकाले कर्मचारी निधन भएकाे शाेकमा आइतबार सार्वजनिक विदा दिएकाे छ । गाउँ कार्यपालिकाको कार्यालय कवहीगोठकाे पशु शाखामा कार्यरत कर्मचारी राकेश कुमार यादवको कार्तिक ८ गते वेलुका अन्दाजी ७ बजे माेटरसाइकल दुर्घटनमा परि आकस्मिक निधन भएकाे जनाउँदै उनकाे शाेकमा आइतबार विदा दिएकाे हाे ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वकिल प्रसाद पालले शुक्रबार एक सुचना जारी गर्दै गाउँ कार्यपालिकाको शुक्रबार बसेकाे बैठकको निर्णय अनुसार गाउँपालिका भरि आकस्मिक सेवा बाहेक सम्पूर्ण कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा कार्तिक आईतवारका दिन शोक मनाउन सार्वजनिक बिदा रहने जानकारी गराएका छन् ।

सवारी दुर्घटनामा परि अल्पायुमा मृत्यु भएकाे यादवकाे एक बर्षिय एउटा छाेरा मात्र छन् । बुवाकाे अल्पायुमै सवारी दुर्घटनामा परी मृत्यु भएपछि नाबालक छाेरा टुहारा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *