सुदूरपश्चिमकी ‘चेली’ श्रृष्टि बिष्ट २० वर्षमै पाइलट

News

धनगढी: सुदूरपश्चिमस्थित कञ्चनपुर घर भएकी श्रृष्टि बिष्ट कलिलै उमेरमा पाइलट बन्ने भएकी छन्। २० वर्षीया बिष्ट हाल साउथ अफ्रिकामा छिन्।

उनले उतै हालै पाइलटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ। गत बैशाखमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन्।

उनका पिता डा. भुपेन्द्रसिंह बिष्टले छोरीको सफलताले आफू निकै हर्षित भएको बताउँदै छोरी पाइलट बन्ने भएको जानकारी दिए। उनले आफ्नी छोरीले १८ महिने ट्रेनिङ गरिरहेको बताए।

बैतडी पुर्ख्यौली घर भएकी बिष्ट बेलौरीमा जन्मिएर उनको परिवार हाल भीमदत्त नगरपालिकामा बस्दै आएको छ।

उनका पिताका अनुसार बिष्ट महेन्द्रनगरबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन् भने काठमाडौंबाट १२ पास (प्ल्सटु) पास गरेर साउथ अफ्रिका उडेकी थिइन्।

बिष्ट भुपेन्द्रकी जेठी छोरी हुन्। प्राध्यापकसमेत रहेका उनका जम्मा २ वटा सन्तान छोरी छन्।छोरीकै चाहनाअनुरुप उनलाई पाइलट बनाएको उनका पिताको दाबी छ। अहिले उनलाई बधाईको समेत ओइरो लागेको छ।

यस्तै बाजुराको बुढीनन्दा नगरपालिका-७ पान्डुसैनकी अमिसा कार्की पनि २० वर्षकै कलिलो उमेरमा पाइलट बनेकी छन्।

उनले पनि पाइलटको ट्रेनिङ र पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ। गत मङ्सिरमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *