काठमाडौँमा येस्तो धन्दा गर्ने नुवाकोटका एक युवा पक्राउ

News

कपिलेश्वर, माघ १२ । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले ठगी आरोपमा नुवाकोट लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपानेलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

न्यौपाने निरज धमलासमेत सात जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल जान प्रतिव्यक्ति १० लाख लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा मासिम एक लाख २० हजार हुन्छ भनी प्रलोभनमा पारेका थिए । यसका लागि न्यौपानेले धमलासहित सात जनासँग पटक–पटक गरी १२ लाख रुपियाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।

प्रवक्ता रेग्मीका अनुसार न्यौपानेलाई बुधबार काठमाडौं माछापोखरीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *