घाँस काट्ने क्रममा खान आएको बा’घसँग ल’डेर आफ्नो ज्या’न जोगाएकी दुर्गा’को स’हासलाई सलाम !

News

घाँस काट्ने क्रममा खान आएको बा’घसँग ल’डेर आफ्नो ज्या’न जोगाएकी दुर्गा’को स’हासलाई सलाम !

गाउँमा विवाह हुने भएपछि सहयोगका लागि राप्तीसोनारी गाउँपालिका–४, की दुर्गा थारु गाउँ नजिकैको गौरी सामुदायिक वनमा पात टिप्न गइन्। एक्लै जंगल गएकी उनी पात टिप्दै थिइन्। सुनसान जंगलमा सामान्य आवाज आयो। त्यो आवाज मान्छेको थिएन, कुनै जनावर हिँडिरहे जस्तो थियो।

उनी अलि चनाखो बनेर पात टिप्दै थिइन्। एक्कासी बाघ आएर उनको हातमा झम्टियो। घना सुनसान जंगलमा बाघले आक्रमण गर्दा उनलाई डर मात्रै लागेन, सहास पनि बटुलियो। ‘बाघले झम्टियो। मनमनै डर त थियो,’ उनले भनिन्, ‘तर जसरी पनि बाँच्नु छ। हातमा भएको हँसिया (आँसी) ले हानेँ।’ अर्काे हात झम्टियो।

उनले प्रतिकारका लागि बाघको पन्जासमेत समातिन्। ‘दुई/तीन पटक लगातार हानेँ। पछि छोड्यो। निकै डर लाग्यो। चिच्याएँ। अनि त्यहाँबाट भाग्न सफल भएँ,’ उनले भनिन्। उनको दुवै हातको कुहिनामा चोट लागेको छ।

बिहान साढे ११ बजे थारुलाई आक्रमण गरेको बाघले दिउँसो २ बजेतिर भने बयर जातको बोकालाई मारेको वडा नम्बर ४ का वडा सचिव नारायण बिष्टले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *