श्रीमान श्रीमतीको एकै दिन मृ त्यु 😭हार्दिक श्रद्धा,ञ्जली, मनमा दया भए फोटो छोएर Ripलेख्नुहोस्।

News

श्रीमान-श्रीमतीको एकैदिन मृत्यु…..!

इटहरी–१३ खनारमा श्रीमान-श्रीमतीको एकैदिन मृत्यु भएको छ । एकैदिन मृत्यु भएका दुवैको शवलाई एकै चितामा दाहसंस्कार गरिएको आफन्तले बताएका छन् । एउटै तिथिमा श्रीमान श्रीमतीको मृत्यु हुनु दुर्लभ भएको मलामी आएकाहरुले बताएका छन् । यसअघि स्याङ्जा लगायतका जिल्लामा पनि यस्ता घटनाहरु भएको थियो ।

इटहरी-१३ की ७८ वर्षीया नर्वदा भट्टराईको मङ्गलबार ८ बज्न १५ मिनेट बाँकी रहदा मृत्यु भएको थियो । घरपरिवारमा रुवाबासी दुःख मनाउ भइरहँदा नर्वदाको ८६ वर्षीय श्रीमान टिकाप्रसाद भट्टराईको पनि ह्यदयघातका कारण मृत्यु भएको आफन्तले बताएका छन् ।

दुवै जनाको शवलाई इटहरीमा परिक्रमा गराई स्थानीय बुढीखोलामा एकै चितामा दाहसंस्कार गरिएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *