यी हुन् नेपालमा पाइने विषालु सर्पहरू: सर्पले टोकेमा के गर्ने?

News

नेपालमा नागपञ्चमीका दिन धार्मिक रूपमा नाग भनिने जमिनमा घिस्रने जीव सर्पको पूजा गर्ने चलन छ।

हिन्दू धार्मिक मान्यता अनुसार भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु शेषनागको शय्यामा सुत्ने गर्छन्।

तर नेपालमा अझै पनि कैयौँ स्थानमा सर्पलाई देख्ने बित्तिकै टोक्ने डरले मार्ने गरिएको पाइन्छ।

यद्यपि हालैका वर्षमा सर्पको संरक्षणका पहलहरू पनि हुन थालेका छन्।

अर्कातर्फ हरेक वर्ष विशेषगरी नेपालको तराई क्षेत्रमा सर्पको टोकाइबाट कैयौँको ज्यान जाने गर्छ।

नेपालमा कति प्रजातिका सर्प?
सर्पबारे अध्ययन गरेका विज्ञहरूका भनाइमा नेपालमा हालसम्म ९० भन्दा बढी प्रजातिका सर्पहरू पाइएको विवरण छ।

“नेपालमा हालसम्म पहिचान भएका भनेर ९०/९२ प्रजातिका सर्पलाई लिइन्छ,” नेपालमा पाइने सर्प र सर्पदंशबारे अनुसन्धान गरेका एकजना प्राणीशास्त्री डा. देवप्रसाद पाण्डे भन्छन्।

“तर नेपालमा सर्पबारे अझै अध्ययन हुन बाँकी रहेकाले यहाँ योभन्दा धेरै नै जातका सर्प हुन सक्छन्।”

सर्प
गण्डकी विश्वविद्यालयको अनुसन्धान विभागका प्रमुख समेत रहेका पाण्डेका अनुसार नेपालमा पाइने धेरै सर्पहरू विषालु छैनन्।

“यहाँ पाइनेमध्ये १८ वटा प्रकारका सर्पहरू चाहिँ अति विषालु खालका हुन्,” उनले भने, “त्यस बाहेकका सर्पहरू कम विषालु र विष नभएका छन्।”

जीवशास्त्रीहरूका भनाइमा विश्वमा करिब चार हजार प्रजातिका सर्पहरू पाइन्छन्।

नेपालका छिमेकी मुलुकहरू भारत र चीनमा पनि धेरै सङ्ख्यामा सर्पका प्रजाति पाइएकाले नेपालमा पनि अहिले भेटिएका भन्दा बढी सर्प भेटिनसक्ने उनीहरूको भनाइ छ।

नेपालमा यसरी हुन्छ सर्पले टोकेपछि उपचार गर्ने औषधिको आपूर्ति
अस्ट्रेलियामा भेटियो तीनवटा आँखा भएको सर्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *