भुईमा लत्रिएको तारले करेन्ट लाग्दा महिला गम्भिर घाइते,,शरिरका अधिकांश भाग जलेको….

News

दार्चुलामा एक महिला करेन्ट लागेर गम्भिर घाइते भएकी छन् । जिल्लाको शैल्यशिखर नगरपालिका १ बारिलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर गम्भिर घाइते भएकी हुन् । शुक्रबार दिउँसो १२ बजेको समयमा घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट लागेर घाइते भएकी हुन् ।

तितराको शरिरका अधिकांश भाग जलेको छ, । गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि रेफरको तयारी भइरहेको छ ।
शैल्यशिखर नगरपालिकाको बारिल भन्ने ठाउँमा तार भुईमै लत्रिएको अवस्थामा छाडिएको छ।
विद्युत वितरण केन्द्रसँग बेलाबेला लाईन मर्मतको माग गर्दापनि कुनै सुनुवाई हुन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *