सालनालसहितको नवजात शिशु मृत फेला

News

मकवानपुर । मकवानपुर जिल्लामा आज बिहान सालनालसहितको नवजात शिशु मृत फेला परेका छन् ।

जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ मनहरी रमौली बांगेटोलस्थित रहेको मनहरी खोला छेउमा मृत अवस्थामा नवजात शिशु फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

हरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान अन्दाजी १० बजेको समयमा अन्दाजी.२÷३ दिनको जस्तो देखिने सालनालसहितको नवजात (छोरा) शिशु मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय मनहरीबाट टोलि खटि गई शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *