बस दुर्घटना : ४५ जनाको मृत्यु हुँदा ८ वर्षीया बालिका मात्र बाँचिन्

News

एजेन्सी । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो ।

त्यसपछि बसमा आगो लागेको थियो । दुर्घटनास्थल जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *