भगाएर ‘ बिहे’ गरेको २ महिनामै २० वर्षकी श्रीमतीको हत्या, १ जना पक्राउ

News

काठमाडौं । ‘लभ म्यारिज’ गरेको २ महिनामै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सल्यानमा १ जनालाई पक्राउ गरेको छ ।

सल्यान जिल्लाको छत्रेस्वरी गाउँपालिका–५ लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २० वर्षकी श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान २२ वर्षीय मोहन पुन पक्राउ परेका छन् ।

श्रीमान पुनले गत मंसिर १० गते सीमालाई भगाएर ‘लभ म्यारिज’ गरेका थिए । सोमबार दिउँसो उनको घरभित्रै सीमाको शव फेला परेकोबारे स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शंकास्पद देखिएपछि श्रीमान मोहनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले मृतक युवतीको शरीरमा निलडाम देखिएको जानकारी दिए ।

प्रहरीले सोधपुछ गर्दा मोहनले प्रारम्भिक बयानमा आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *