मुक्तिनाथबाट फर्किँदै गरेको बस कागबेनीमा दुर्घटना

News

पोखरा- मुक्तिनाथ दर्शन गरेर फर्किँदै गरेका विद्यार्थी सवार बस दुर्घटनामा परेको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ४ कागबेनीमा मंगलबार विहान बस दुर्घटना भएको हो।

दुर्घटनामा परेर २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, मुस्ताङका डिएसपी भोजराज पाण्डेका अनुसार सेल्फिडाँडामुनि घुम्तीमा ब्रेक फेल भएर बस पल्टिएको हो।

प्रदेश नम्बर ३–०१००६ ख ६२२ नम्बरको बसमा काठमाडौंको लिबर्टी कलेजका ३३ जना विद्यार्थी सवार थिए।

‘घाइतेको जोमसोम अस्पतालमा उपचार भइरहेको छ। सबैको अवस्था सामान्य छ। केहीबेरमा डिस्चार्ज हुन्छन्,’ डिएसपी पाण्डेले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *